पोखरामा संसद् शिविर र ध्यान शिविर हुने

  • पोखरा न्यूज
  • २०८१ मंसिर ६
पोखरामा संसद् शिविर र ध्यान शिविर हुने

पोखरा । आध्यात्मिक, योगा तथा वेलनेस पर्यटन प्रवर्द्धनका लागि पोखरा र काठमाडौँमा संसद् शिविर र ध्यान शिविर हुने भएको छ ।

यही मंसिर १४ र १५ गते पोखरामा संसद् शिविर र रंगशालामा आम जनताका लागि ध्यान शिविर हुने बताइन्छ ।

हिमालयन मेडिटेसन शिवकृपानन्द स्वामी फाउण्डेशनका संस्थापक बाबा स्वामीले शुक्रबार बिहान ६ः३० मा काठमाडौंको सीतापाइला हलचोकस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयको सभाहलमा संसद् शिविर हुने बताइन्छ ।

नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले विश्वमा शान्ति ल्याउन चाहेको बताए । उनले वातावरणलाई स्वच्छ राख्नका लागि जुनसुकै ठाउँमा भए पनि स्थिरता हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘खासगरी विश्वमा शान्ति ल्याउन चाहन्छौँ, मानवता ल्याउन चाहन्छौँ, वातावरणलाई स्वच्छ राख्न चाहन्छौँ, भाषा, जाति, भूगोल, शिक्षा दीक्षा र ज्ञानका हिसाबले जुनसुकै ठाउँमा भए पनि हामी स्थिरता चाहन्छौँ, शान्ति चाहन्छौँ, र समृद्घि चाहन्छौँ ।’

हरेक कुरामा अनुशासन हुनुपर्ने भन्दै उनले हामी सबै ज्ञानी भएर काम गर्न सके हरेक कुरामा आत्मसन्तृष्टि मिल्ने बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस