
पाेखरा । भारतको नयाँ दिल्ली र वरपरको वायु प्रदूषणका कारण विद्यालय बन्द गरिएको छ ।
विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन शुरु गरिएको हो ।
केही दिनदेखि शहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ ।
शहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालय सावधानीका रूपमा बन्द गरिएका छन् ।
शहरका दुई ठूला विश्वविद्यालयले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षा अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् ।





