
पोखरा । बैंकिङ कसुर मुद्दाका म्याग्दीकी एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वडा नं ९ की ३९ वर्षीया विष्णुमाया केसी छन् ।
डेढ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो ।
खातामा पर्याप्त रकम नभएको चेक नदिएपछि बाउन्स भएको थियो । त्यसपछि पीडितले प्रहरीमा जाहेरीका थिए ।
त्यसपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।





