कास्की जिल्ला अदालतको न्यायाधीशमा राई आउने

  • पोखरा न्यूज
  • २०८१ मंसिर ६
कास्की जिल्ला अदालतको न्यायाधीशमा राई आउने

पोखरा । कास्की जिल्ला अदालतको न्यायाधीशमा शंकरबहादुर राई आउने भएका छन् । न्याय परिषदको बिहीबार बसेको बैठकले १४ न्यायाधीशको सरूवा गर्ने क्रममा राईलाई कास्कीमा सरुवा गरिएको हो ।

राई यसअघि शोलुखुम्बु जिल्ला अदालतमा कार्यरत थिए । यस्तै तनहुँ जिल्ला अदालतको न्यायाधीशमा राजेशकुमार कटुवाल आउने भएका छन् । उनी यसअघि जुम्ला जिल्ला अदालतमा कार्यरत थिए । तनहुँका चन्द्रकुमार पोखरेललाई भने शोलुखुम्बु पुयाइएको छ ।

परिषदको बैठकले विभिन्न चार निर्णयसमेत गरेको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार तथा भक्तपुर जिल्लामा मुकाम रहनेगरी बाल अदालत भक्तपुर गठन गर्न सिफारिस गरेको छ ।

यस्तै उच्च अदालतका तीन जना न्यायाधीश र जिल्ला अदालतका ११ जना न्यायाधीशको सरूवा गर्ने निर्णय गरेको छ ।

उच्च अदालत जनकपुरमा रहेका किरणकुमार पोखरेल र तुलसीपुर बुटवल इजलासमा रशेका रेखा थापा पाण्डेको उच्च अदालत विराटनगर इलाम इजलासमा सरूवा भएको छ ।

उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन पनि सिफारिस गरेको छ । यस्तै ११ वटा विभिन्न जिल्लाका न्यायाधीशको पनि सरूवा भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस