पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने

  • पोखरा न्यूज
  • २०८१ मंसिर ६
पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने

पोखरा । पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आगामी पुस २६ गते पोखरा सभागृहमा उक्त कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रा दिउँसो ३ बजेबाट शुरु हुने प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले उल्लेख गरेकी छन् ।

बर्सेनि कार्यक्रम गर्दै आएको प्रतिष्ठानले २०८० भदौ १५ मा पनि ‘नारायण रायमाझी सांगीतिक साँझ’ गरेको थियो ।

प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका न्यौपानेका सरर पानी घट्टामा, घामजस्तो चम्किलो जुन हुँदैन, रुन्छ नि मन किन रुँदैन, आज मुग्लिन झरौं, कुर्था सुरुवाल लाउँदा, ऐना हेरेर, मायाले मार्‍यो, मिर्मीमुनि काली थुनेको, ढुंगेधारामा, झिलमिल सितारा, मलेवा सरर, देउरालीमा धजालगायत गीत चर्चित छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस