सुनसरी । मोरङको उर्लाबारीमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । उर्लाबारी-३ मंगलबारेको पूर्व-पश्चिम राजमार्गमा सो दुर्घटना भएको हो । सो दुर्घटना दुई जना गम्भीर घाइते भएका छन् ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं ५ का ४२ वर्षीय दिपक धिमाल र मोरङ कानेपोखरी वडा नं ४ का २८ वर्षीय किशोर गुरुङ छन् ।
दुर्घटनामा घाइतेमध्ये धिमाल र गुरुङलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
धिमालको उर्लाबारीको अरनिको अस्पताल र गुरुङको मंगलबारेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका २५ वर्षका अमृत लिम्बु र ४२ वर्षका विष्णु धिमाललाई थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाइएको छ ।
प्रहरीका अनुसार पथरीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र १-०२-०५० प ८४०६ विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution