आज महालक्ष्मीको प्रिय दिन, अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ मंसिर ७ गते शुक्रबार, इस्वीसंवत नभेम्बर २२ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको सप्तमी तिथि रातिमा ९ः२६ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा अश्लेषा रातिमा ९ः०८ मिनेटसम्म त्यसपछि मघा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा ब्रम्ह २४ घटि १२ पलासम्म त्यसपछि ऐंन्द्र योग रहनेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २६ घटि ३० पला अर्थात १० घण्टा ३९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३१ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः२५ बजे र अस्ताउने समय भोलि दिनमा १२ः१४ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज समय खराब रहनेछ । अवसरका लागि दौडधूप गर्नुपर्ला । तत्कालका लागि लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्ने छ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहने छ । परिस्थितिले अप्ठ्यारा चुनौतीसँग सम्झौता गराउन सक्छ ।

वृष : आज समय अत्यन्तै शुभ छ । व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिने छ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । आज उत्तरतर्फको यात्रासमेत फलदायी हुनेछ ।

मिथुन : आज समय राम्रो छैन । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनु पर्नेछ । अनावश्यक साइनो गाँस्नेसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । आज सकभर टाढाको त्यसमाथि पनि पूर्वतर्फको यात्रा नगर्नुहोला ।

कर्कट : आज समय महत्वपूर्ण छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । शत्रु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् ।

सिंह : आज समय ज्यादा खराब छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले पÞmुत्काउन सक्छन् । बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ने देखिन्छ । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्नेछ । आज आर्थिक कारोबारले पनि समस्या निम्त्याउने ग्रहगोचर देखिन्छ ।

कन्या : आज आज समय शुभ छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । धार्मिक यात्रा सफल हुनेछ । स्वास्थ्यले पनि साथ दिनेछ ।

तुला : आज आज समय भरपर्दो छैन । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्नेछ । दैनिक कार्यमा समय दिन नसक्दा काम बिग्रन सक्छ । व्यापारमा लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । झुटा आरोप लगाउनेहरू सक्रिय हुनेछन् ।

वृश्चिक : आज समय राम्रो रहने छैन । शत्रु पक्ष सबल रहनेछ, कार्य अवरोधका साथै बोलीमा पनि विकार रहन सक्नेछ । तपाइँलाई पेटसम्बन्धी समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने ग्रह योग रहेकाले सतर्क रहन आवश्यक छ ।

धनु : आज पनि स्वास्थ्य राम्रो रहनेछ । सामाजिक कार्यमा मन जानेछ, गृह सुखका साथै कला साहित्यमा अभिरुचि रहने देखिन्छ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानै प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ, धार्मिक यात्रा गर्ने इच्छा जागेर आउने छ ।

मकर : आज दिन तथा समय राम्रा छन् । दिन प्रेमिल रहने छ, आय बढ्नुका साथै मित्र लाभका योग पनि देखिन्छन् । इमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने भने मन पनि प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पतिको प्रयोगमार्फत मनग्य आम्दानी गर्न सकिनेछ । आज सुरु गरेका कामले राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ : आज समय खराब नै रहनेछन् । व्ययभार बढ्नेछ, आफन्तमा असमझ्दारी रहनुका साथै प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । आफन्त, साथीभाई तथा कुटुम्बसंँग मनमुटाव बढ्ने देखिन्छ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । आज खानेकुरामा पनि विशेष ध्यान दिनुहोला ।

मीन : आज समय मध्यम खालको छ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि भने केही समय लाग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः झुक्ने छन् । यात्रामा निकै सतर्क हुनुहोला । तपाइँको हातबाट कारोबार नगर्नुहोला ।

साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले आज उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः२८ बजेदेखि ७ः४८ बजेसम्म चर बेला
बिहान ७ः४८ बजेदेखि ९ः०८ बजेसम्म लाभ बेला
बिहान ९ः०८ बजेदेखि १०ः२९ बजेसम्म अमृत बेला
बिहान १०ः२९ बजेदेखि ११ः४९ बजेसम्म काल बेला
बिहानमा ११ः४९ बजेदेखि १ः०९ बजेसम्म शुभ बेला
दिनमा १ः०९ बजेदेखि २ः२९ बजेसम्म रोग बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म उद्धेग बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०९ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०९ बजेदेखि ६ः४९ बजेसम्म लाभ बेला
साँझ ६ः४९ बजेदेखि ८ः२९ बजेसम्म अमृत बेला
राति ८ः२९ बजेदेखि १०ः०९ बजेसम्म काल बेला
राति १०ः०९ बजेदेखि ११ः४९ बजेसम्म शुभ बेला
राति ११ः४९ बजेदेखि १ः२९ बजेसम्म रोग बेला
राति १ः२९ बजेदेखि ३ः०९ बजेसम्म चर बेला
रातिमा ३ः०९ बजेदेखि ४ः४९ बजेसम्म लाभ बेला
रातिमा ४ः४९ बजेदेखि ६ः२९ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button