पोखरा । आज शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँ बढेको छ ।
बिहीबार तोलामा एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलामा एक लाख ६५ हजार पाँच सय रुपैयाँ पुगेको छ । ।
बिहीबार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै चाँदी एक हजार नौ सय ४० रुपैयाँ कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य तोलामा एक हजार नौ सय २५ रुपैयाँ कायम भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution