वीरगन्जबाट पोखरा आउँदै गरेको बस दुर्घटना, चालकसहित १७ यात्रु घाइते

पोखरा । वीरगन्जबाट पोखरा आउँदै गरेको बस आज मकवानपुरको हेटौँडामा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये एक बालिकको अवस्था गम्भीर रहेको बताइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा सवार रहेका १८ मध्ये चालकसहित १७ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा बारा पर्सैनी गाउँपालिका वडा नं ३ की ९ वर्षीया जोनीशा कुमारी ठाकुर रह्की छन् ।

घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button