पोखरा-१२ मा सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारको निःशुल्क स्वास्थ्य बिमा

  • पोखरा न्यूज
  • २०८१ मंसिर ७
पोखरा-१२ मा सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारको निःशुल्क स्वास्थ्य बिमा

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ वासीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाएमा निःशुल्क पारिवारिक स्वास्थ्य बिमाको सुविधा पाउने भएका छन् ।

वडा कार्यालयले सामुदायिक विद्यालयमा छोरछोरी पढाइरहेकाहरुको निःशुल्क पारिवारिक स्वास्थ्य बिमा शुरु गरेको छ ।

सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन निःशुल्क पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुवै निःशुल्क हुनेछ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने प्रयास गरिरहेको उनले स्पष्ट पारे ।

शुरुआती चरणमा वडामा स्थायी बसोबास भएका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने वडाध्यक्ष बास्तोलाको भनाइ छ ।

पोखरा-१२ मा अमरसिंह माध्यमिक विद्यालय, शीतलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय छन् । यी विद्यालयमा करिब चार हजार तीन सय विद्यार्थी अध्ययनत छन् ।

उनले भने, ‘यो योजनाले सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्नुका साथै वडावासीको स्वास्थ्यमा पहुँच समेत बढ्ने विश्वास छ ।’

बिमा कार्यक्रमका लागि यस वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रममा वार्षिक तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार सुविधा पाउनेछन् ।

वडा सचिव शारदा सापकोटाका अनुसार बिमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपिसहित निवेदन आह्वान गरिएको छ ।

यसैबीच वडालेसामुदायिक विद्यालयमा संस्कार शिक्षा पाठ्यक्रमुमेत लागु गरेको छ । कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागु गरिएको बताइन्छ । साथै निजी विद्यालयमा पनि संस्कार शिक्षा लागु गर्न गृहकार्य भइरहेको वडाध्यक्ष बास्तोलाले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस