पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ ।
प्रतियोगिताअन्तर्गत शुक्रबार सटफुट छात्रतर्फ भूमेश्वर माविका सुमन मिजार प्रथम, शुक्लागण्डकीक रुपक दर्लामी द्वितीय र निष्पक्ष माविका अमन थापा तृीतय भए ।
सटपुट छात्रातर्फ उदय माविकी मनिषा विक प्रथम, महेन्द्र माविकी एलिना परियार द्वितीय र शुक्लागण्डकी एलिना परियार तृतीय भएकी हुन् ।
यस्तै लङजम्प छात्रतर्फ ज्ञानज्योति बोर्डिङ स्कुलका अंकित नेपाली प्रथम, उदय माविका दिनेश विक द्वितीय र महेन्द्र माविका अरुण परियार तृतीय भए ।
ज्याभलिङ थ्रो छात्रातर्फ बराह माविकी मोनिका जैशी प्रथम, भूमेश्वर माविकी सञ्जु नेपाली द्वितीय र शुक्लागण्डकीकी सलिना नेपाली तृतीय भइन् ।
ज्याभलिङ थ्रो छात्रतर्फ शुक्लागण्डकीका आदित्य भारती प्रथम, गौरीशंकरका जीतमान कामी द्वितीय र माछापुच्छे«का ईश्वर पाइजा तृतीय भए ।
यस्तै ट्रिपलजम्प छात्रतर्फ बराह माविका अमृत सुनार प्रथम, ज्ञानज्योतिका एलन शाही द्वितीय र माछापुच्छे«का अनमोल तमु तृतीय भए ।
ट्रिपलजम्प छात्रातर्फ शुक्लागण्डीकी प्रतिक्षा पोख्रेल प्रथम, भूमेश्वरकी रोशी नेपाली द्वितीय, शारदाकी अञ्जु नेपालीले तृतीय स्थान प्राप्त गरे ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता मंसिर ६ देखि सुरु भएको हो । प्रतियोगिता शनिबार समापन हुनेछ । प्रगियोगितामा १२ विद्यालयको सहभागिता रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution