पाेखराकाे अल्फा बोर्डिङमा वार्षिक खेलकुद [तस्बिरहरु]

  • पोखरा न्यूज
  • २०८१ मंसिर ७
पाेखराकाे अल्फा बोर्डिङमा वार्षिक खेलकुद [तस्बिरहरु]

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा शुक्रबार वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको समापन समारोहमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङले अल्फा बोर्डिङले शैक्षिक कार्यक्रमको साथसाथै खेलकुद क्षेत्रमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।

उनले हरेक वर्ष विद्यालयले प्रदेश तथा देशका लागि खेलकुदमा सक्षम जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रशासक निराजन थापाले संयाेजककाे भूमिका खेलेका थिए ।

साे अवसरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी विद्यार्थी तथा सदनलाई प्रमुख अतिथि गुरुङले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य भण्डारी, निर्देशक दीपक गुरुङ, सहप्राचार्य कृष्ण लम्साल, कार्यक्रम संयोजक निराजन थापालगायतले  विद्यार्थीलाई यस्ता प्रतियोगितामा सक्रिय सहभागिता जनाउन अभिप्रेरित गरेका थिए । शिक्षक सन्दीप विकले कार्यक्रम सञ्चालन गरेका थिए ।

तस्बिरहरु



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस