गरिमा विकास बैंकको रक्तदानमा एक सय ६६ युनिट रगत संकलन

  • पोखरा न्यूज
  • २०८१ मंसिर ७
गरिमा विकास बैंकको रक्तदानमा एक सय ६६ युनिट रगत संकलन

पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकै अवसरमा पोखराको क्षेत्रीय कार्यालमा भएको रक्तदानमा एक सय ६६ युनिट रगत संकलन भएको छ ।

बैंकका पूर्वअध्यक्ष चन्द्रकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्ककिा प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको थियो ।

रानाभाटका अनुसार गरिमा विकास बैंकका अहिले नौ लाख सेवाग्राही छन् । बैंकको पाँच दशमलव ६८ अर्व चुक्ता पुँजी छ । गरिमाका देशभर एक सय २४ शाखा, ५१ एटिएम र सातवटै प्रदेशबाट सेवा प्रवाह गरेको छ ।

बैंकमा ८४ दशमलव ७५ अर्व डिपोजिट र ७३ दशमलव ५० अर्ब लगानी रहेको रानाभाटले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा बैंकले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई बुथलाइजर र एउटा रंगीन प्रिन्टर सहयोग गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस