सराङकोटमा बन्दै पञ्चमुखी गणेश मूर्ति [तस्बिरहरु]

पाेखरा । पर्यटकीय एवं धार्मिक महत्त्व बोकेको पाेखराकाे सराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण कार्य धमाधम भइरहेको छ।

सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको अगुवाइमा निर्माण कार्य भइरहेको सो मूर्ति सम्पन्न भएपछि शिव पञ्चमुखी गणेश धामका रूपमा विकास गरिनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सराङकोट पर्यटन तथा धार्मिक विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीका अनुसार ४६ फिट अग्लो पञ्चमुखी गणेश मूर्तिको छेउमा कैलाशेश्वर महादेवको शिव मन्दिर छ ।

झन्डै एक सय रोपनीभन्दा बढी जग्गामा पञ्चमुखी गणेशको मूर्ति, शिव मन्दिर, भैरव मन्दिर, भिमकाली मन्दिर, भ्यूटावर र सभा हल एकै स्थानमा निर्माण भइसकेका छन् ।

पोखरालाई पर्यटन राजधानीका रूपमा घोषणा गरिसकेपछि पोखरामा आउने पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्य र पूर्वाधारको विकास आवश्यक रहेको नगर प्रमुख धनराज आचार्यले बताए।

उनका अनुसार पञ्चमुखी गणेशको मूर्ति निर्माण भइसकेपछि दक्षिण भारतका पर्यटकको संख्या बढ्ने उनले विश्वास व्यक्त गरे ।

पोखरा र आसपासमा रहेका पर्यटन गन्तव्यलाई व्यवस्थित गर्दै तिनीहरूको उचित विकास, संवर्द्धन र प्रवर्द्धनमा उनले जोड दिए।

पोखरा-१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पर्यटनका दृष्टिकोणले सराङकोट विश्वविख्यात भए पनि नयाँ आकर्षणको रूपमा थपिँदै गरेको पन्चमुखी गणेशको मूर्ति पनि महत्त्वपूर्ण हुने बताए।

मल्लकालीन राजा कुलमण्डन शाहले कुलदेवीका रूपमा मान्दै आएका भूमीकाली मन्दिरसमेत सोही ठाउँमा रहेकाले यसको ऐतिहासिक महत्त्व रहेको निर्माण समितिका संयोजक एवं अग्रज व्यवसायी कालु गुरुङले बताए ।

निर्माणाधीन पञ्चमुखी गणेशको मूर्ति निर्माण सम्पन्न गरी आगामी शिवरात्रिको दिन भव्य कार्यक्रमका साथ उद्घाटन गर्ने तयारी सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको छ ।

करिब आठ करोडको लागतमा मूर्तिसहित १०८ धारा, १०८ शिव लिङ्गलगायत संरचना बनिरहेका छन् ।

तस्बिरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button