बाबियाचौरको देउराली नजिकै जीप दुर्घटना, १४ जना घाइते

  • पोखरा न्यूज
  • २०८१ मंसिर ८
बाबियाचौरको देउराली नजिकै जीप दुर्घटना, १४ जना घाइते

|फाइल तस्बिर

धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका-५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न। जीप बाबियाचौरको देउराली नजिकै दुर्घटना हुदाँ १४ जना घाइते भएका हुन्।

घाइते हुनेमा कैलाली जिल्ला जानकी गाउँपालिका-९ को दीपबहादुर शाही, पञ्चपुरी नगरपालिकाका सुर्खेतका पार्वती घर्ती मगर, वर्षा सुनार, शिवराज सुनार, नरबहादुर देउवा रहेका छन् ।

यस्तै पञ्चपुरी नगरपालिका-२ का भावना रोकाय, दैलेख जिल्ला दुल्लु नगरपालिका-३ का प्रकाश महत, कैलाली जिल्ला घोडाघोडी नगरपालिका-७ का खगेन्द्र कँडेल, घोडाघोडी नगरपालिका-७ कै सन्तोष धामी र उनकी श्रीमती सरस्वती धामी, डडेलधुरा जिल्ला परशुराम नगरपालिका गणेशप्रसाद जैसी छन्।

कैलालीको लम्कीचुहा नगरपालिका-८ का सृष्टि घिमिरे, सोही ठाउँकै टिका घिमिरे र गाडीचालक कैलाली जिल्ला जानकी गाउँपालिका-९ का केशव खड्का घाइते भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ।

घाइतेमध्ये दीपकबहादुर शाही र पार्वती घर्ती मगरलाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ भने अन्यलाई सामान्य उपचारपछि घर पठाइएको छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस