पोखराको हरिहर गुफा सन्यास आश्रममा बालाचतुर्दशी मेला

  • पोखरा न्यूज
  • २०८१ मंसिर ८
पोखराको हरिहर गुफा सन्यास आश्रममा बालाचतुर्दशी मेला

|फाइल तस्वीर

पोखरा । पोखरा महानगरपालिका वडा नं २० भलामस्थित हरिहर गुफा सन्यास आश्रम बृहत् बालाचतुर्दशी (सद्बिज छर्ने) मेला हुने भएको छ ।

मेला भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

‘हरिहर गुफा सन्यास आश्रम पोखरा-२,० भलाम जाऔं, सद्विज छरेर पितृ उद्धार गरौं’ भन्ने मूलनारा मेला हुन लागेको हो ।

कार्यक्रममा सम्पूर्ण भक्तजनलाई सन्यास आश्रम भलामले निम्तासमेत गरेको छ ।

आश्रममा कास्कीसहित छिमेकी तनहुँ, पर्वत, बागलुङ, लमजुङ, स्याङ्जा, चितवनबाट समेत भक्तजनको सद्बिज छर्न आउने गर्दछन् ।

मेलाको दिन विभिन्न ठाउँबाट सार्वजनिक यातायातसमेत संचालन हुनेछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस