पोखरा । पोखरा महानगरपालिका वडा नं १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा कास्कीका ४० टिमको सहभागिता छ । जसमा छात्रतर्फ २६ र छात्रातर्फ १३ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रम संयोजक तेजबहादुर गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुने १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले बताए ।
यसैगरी अन्तर विद्यालय स्तरीय परम्परागत छेलो (ठेलो) प्रतियोगिताअन्तर्गत प्रथम हुनेले पाँच हजार, द्वितीय हुनेले तीन हजार र तृतीय हुनेले दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution