केदारेश्वर महादेव मन्दिर परिसर सरसफाई

  • पोखरा न्यूज
  • २०८१ मंसिर ९
केदारेश्वर महादेव मन्दिर परिसर सरसफाई

पोखरा । कर्मचारी मिलन केन्द्र कास्कीको आयोजनामा हरेक महिना गर्दै आइएको सम्पदा सरसफाई अभियानअन्तर्गत यसपटक पोखराको केदारेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

सरसफाई अभियानअन्तर्गत यसपटक केदारेश्वर मन्दिर परिसर छनौट गरिएको कर्मचारी मिलन केन्द्र कास्की अध्यक्ष लोकनाथ आचार्यले बताए ।

राष्ट्रसेवक कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्वसमेत बहन गर्नुपर्ने कुरालाई आत्मसात गर्दै महिनाको एक दिन पोखरा क्षेत्र भित्रका सम्पदास्थल सरसफाई गर्ने अभियान सञ्चालन गरिएको उनले बताए ।

कर्मचारी मिलन केन्द्रका संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस अभियानले आम सर्वसाधारणमा सम्पदा सरसफाईप्रतिको सचेतना अभिवृद्धि गराउने विश्वास व्यक्त गरे ।

नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले सम्पदास्थलको सरसफाई सबैको सामुहिक दायित्व भएको उल्लेख गर्दै केन्द्रले सञ्चालन गरेको अभियान सराहनीय भएको बताए ।

कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका प्रतिनिधि, स्थानीय आमा समूहलगायत सहभागी थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस