पोखरा । लोकगायनमा क्षेत्रमा करिब पाँच दशकदेखि समर्पित टीकामाया र बलराम गायकलाई पोखरामा सम्मान गरिएको छ ।
‘कन्सेप्ट नेपाल’ ले शनिबार पोखरामा आयोजना गरेको ‘टीकामाया-बलराम सारङ्गी साँझ’ मा उनीहरुलाई ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
लोकगायिका हरिदेवी कोइरालाले गायक दम्पत्तिलाई सम्मान गरेकी हुन् ।
सारङ्गी साँझका संयोजक अमृत भादगाउँलका अनुसार समाजमा योगदान पुर्याएका भुइँमान्छे सम्मान अभियानअन्तर्गत गायक दम्पत्तिलाई यस पटक सम्मान गरिएको हो ।
उनले भने, ‘योगदानको जीवन बाँचेका तर पछिल्लो समय कसैले पनि नसम्झिएका प्रतिभाको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौँ ।’ सबै मिलेर यस्ता प्रतिभालाई उजागर गर्ने अभियान चलाउन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा साहित्यकार सुरज उपाध्याय, सामाजिक अभियन्ता प्रकाश गुरुङ र लोकगायिका कोइरालाले लोकसंस्कृतिका साधकको सम्मानले समाजमा सत्कर्म गर्नेको हौसला बढ्ने दावी गरेका थिए ।
कार्यक्रममा पहिलो चरणमा सम्मान अर्पण गरिएको थियो भने दोस्रो चरणमा गन्धर्व दम्पत्तिले सारङ्गीको धुनसँगै जिन्दगीका कथा सुनाएका थिए ।
साथै दोस्रो चरणमा उनीहरूले ‘अमिलीको रस, दोभानमा बिजुली दाइँसाहिँला नौडाँडामा बस’, ‘काँचो सुन्तला, नटिपे यो चाला टिपे कुन चाला’, ‘रेशम फिरिरी’लगायत केही गीत गाएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार दीपक परियारले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution