पोखरा । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न ३०औँ साधारणसभा तथा १२औँ अधिवेशनले गौतमलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा ध्रुव पोखरेल, द्वितीय उपाध्यक्ष सञ्जय आचार्य, सचिवमा रामप्रसाद सुवेदी, कोषाध्यक्षमा प्रकाशप्रसाद पोखरेल, सहसचिवमा दीपेन्द्र पोखरेल निर्वाचित भए ।
यसैगरी कार्यसमिति सदस्यमा विभिषण तिमिल्सिना, अर्जुन खनाल, सन्तोष अधिकारी, ईश्वर पौडेल, मनिषा बस्नेत परियार, हरि खनाल, विजय सापकोटा, देवीमाया दवाडी र ज्ञानप्रसाद पाठक छन् ।
संस्थाको लेखा समिति संयोजकमा गीता अधिकारी, सदस्यमा टिकाराम बास्तोला र सुजित गौतम छन् ।
नवनिर्वाचित कार्यसमितिलाई पोखराको पालिखेचोकस्थित कलम बचत तथा ऋण सहकारी संस्थाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
सहकारीका सचिव लालप्रसाद पाठकले बधाई तथा शुभकामना सन्देशमार्फत गौतम नेतृत्वको टिमले उत्कृष्ट काम गर्दै संघको गरिमालाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution