
पाेखरा। नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन्।
गत बुधबार पाँच दिने औपचारिक भ्रमणका लागि नेपाल आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन्।
यसक्रममा द्विवेदीले पशुपतिनाथ र मुक्तिनाथको दर्शन गरे भने शनिबार पाेखरा भ्रमण गरेका थिए ।
बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका द्विवेदीले सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए भने बिहीबार नै उनले हनुमान ढोका दरबार क्षेत्रको अवलोकनसमेत गरेका थिए।
शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गरेका थिए ।





