
पोखरा । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा एक लाख ६७ हजार दुई रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा एक हजार नौ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





