पोखरा । अष्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल (सिड्नी २०२४) २० हजार बढी नेपालीले सहभागिता जनाएका छन् ।
कार्यक्रममा अष्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माले साङ्गीतिक प्रस्तुति राखेका थिए ।
शनिबार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा नेपाली कला-संस्कृति झल्कने प्रदर्शनी र कलाकारको प्रस्तुतिमा सहभागी निकै रमाएका थिए ।
फेस्टिभल सुरु हुनुअघि नेपाली पहिरन र विविध कला-संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित शहर परिक्रमा गर्दा विदेशीले चाख दिएर अवलोकन गरेका थिए ।
फेस्टिभल अघि डिनर कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा अष्ट्रेलियामा बसोबास गर्ने प्रतिष्ठित व्यक्तित्व सहभागी थिए ।
महोत्सवमा पहिलोपटक प्रिमियर क्रिस मिन्स सहभागी भए । प्रिमियर मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यानसमेत सहभागी थिए ।
महोत्सवमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो । जसमा नेपाली धरहरा, पशुपति मन्दिर, बौद्ध स्तूपलगायतको प्रतिमा स्थापना गरिएको थियो ।
एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको सिड्नी संस्करण सबैभन्दा पुरानो हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution