पोखरा । पोखरा महानगरपालिका वडा नं २८ चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ ।
वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि सङ्घ सरकारबाट रु एक करोड विनियोजन भएको छ ।
मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि रु ३८ करोड लाग्ने अनुमान गरिएको उनले बताए ।
उक्त स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ । मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उनले जानकारी दिए ।
पोखरा महानगरपालिका-२८ का चुत्राकोट, चिन्तेको डाँँडा, ठूलाकोट, नौरुङलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना सुनाउँदै उनले त्यसका लागि रु ७४ करोड खर्च हुने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution