सिन्धुली । सिन्धुलीमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं २ हङकङडाँडाका २५ वर्षीय नारायण श्रेष्ठ छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी अनिलकुमार खडकाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.९ ईनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७प ६४४ नं. को मोटरसाईकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution