चामल बोकेर मुग्लिन आउँदै गरेको ट्रक दुर्घटनाः दुईको मृत्यु, तीन जना गम्भीर

  • पोखरा न्यूज
  • २०८१ मंसिर ९
चामल बोकेर मुग्लिन आउँदै गरेको ट्रक दुर्घटनाः दुईको मृत्यु, तीन जना गम्भीर

पोखरा । मुग्लिन-नारायणगढ सडकखण्डमा आइतबार साँझ चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको ज्यान गएको छ ।

सो दुर्घटनामा तीन जना गम्भीर घाइते भएको चितवन प्रहरीले जनाको छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।

नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक मुग्लिन-नारायणगढ सडकखण्डको नौकिलोमा पल्टिएको हो ।

ट्रकले च्यापिएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जनाको उद्धार गरी उपचारका लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस