माछापुच्छ्रे राष्ट्रपति रनिङशिल्डको उपाधि ज्ञानज्योति स्कुललाई

  • पोखरा न्यूज
  • २०८१ मंसिर ९
माछापुच्छ्रे राष्ट्रपति रनिङशिल्डको उपाधि ज्ञानज्योति स्कुललाई

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा भएको माध्यमिक माछापुच्छ्रे राष्ट्रपति रनिङशिल्ड विद्यालय स्तरीय प्रतियोगिताको उपाधि लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले जितेको छ ।

ज्ञानज्योतिले पाँच स्वर्ण दुई रजत र एक कास्य प्राप्त गरी उपाधि चुमेको छ । साथै विद्यालयले नगद १५ हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरेको छ ।

यस्तै पाँच स्वर्ण, एक रजत र तीन कास्य प्राप्त गरी माछापुच्छ्रे मावि दोस्रो भएको छ ।

बराह माविले चार स्वर्ण, सात रजत र दुई कास्य पदक प्राप्त गरेको छ ।

दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र सात हजार पाँच सय रुपयाँ प्राप्त गर्यो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ यही मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस