आजको पञ्चाङ्ग
मिति २०८१ मंसिर १० गते सोमबार, इस्वीसंवत नभेम्बर २५ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको दशमी तिथि रातिमा १ः५५ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा उत्तराफाल्गुनी रातिमा ३ः०८ मिनेटसम्म त्यसपछि हस्ता नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा विष्कुम्भ २३ घटि २९ पलासम्म त्यसपछि प्रीति योग रहनेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २६ घटि २३ पला अर्थात १० घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३४ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः११ बजे र अस्ताउने समय भोलि दिनमा १ः४१ बजे रहेको छ । आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस रहेको छ ।
आजको राशिफल
मेष : आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न हुँदैनन् ।
वृष : आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोत बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तु प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रसँग आज भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ ।
मिथुन : आज समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका काम बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ । आज टाढाकाे यात्रामा विशेष ध्यान दिनुहाेला ।
कर्कट : आज समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले काम गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुहाेला ।
सिंह : आज समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला नतिजा राम्रो आउने छैन । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ने देखिन्छ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ, खानपानमा विशेष ध्यान दिन आवश्यक छ ।
कन्या : आज समय राम्रै छ । विभिन्न अवसर आउने देखिन्छ । पढाई लेखाईमा सोचे जस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुशीयाली छाउनेछ ।
तुला : आज समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सृजना हुन सक्छ । अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । टाढाकाे यात्रामा झण्झट ब्यहाेर्नु पर्नेछ ।
वृश्चिक : आज समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आइलाग्न सक्छ । मानसम्मान तथा प्रतिष्ठामा कमिको महसूस हुनेछ । आम्दानी गर्न मुस्किल पर्नेछ । आफन्तबाट धाेका हुन सक्छ विशेष ख्याल गर्नुहाेला ।
धनु : आज समय राम्रो छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । पूर्वतर्फको यात्रामा सतर्क हुनुहोला ।
मकर : आज स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरि आय श्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । भौतिक वस्तुबाट लाभ पाइनेछ ।
कुम्भ : आज दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले काम बन्नेछन् । आज नयाँ काम पाउने योग रहेको छ ।
मीन : आज समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले आज उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः२८ बजेदेखि ७ः४८ बजेसम्म अमृत बेला
बिहान ७ः४८ बजेदेखि ९ः०८ बजेसम्म काल बेला
बिहान ९ः०८ बजेदेखि १०ः२९ बजेसम्म शुभ बेला
बिहान १०ः२९ बजेदेखि ११ः४९ बजेसम्म रोग बेला
बिहानमा ११ः४९ बजेदेखि १ः०९ बजेसम्म उद्धेग बेला
दिनमा १ः०९ बजेदेखि २ः२९ बजेसम्म चर बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म लाभ बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०९ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०९ बजेदेखि ६ः४९ बजेसम्म काल बेला
साँझ ६ः४९ बजेदेखि ८ः२९ बजेसम्म शुभ बेला
राति ८ः२९ बजेदेखि १०ः०९ बजेसम्म रोग बेला
राति १०ः०९ बजेदेखि ११ः४९ बजेसम्म उद्धेग बेला
राति ११ः४९ बजेदेखि १ः२९ बजेसम्म चर बेला
राति १ः२९ बजेदेखि ३ः०९ बजेसम्म लाभ बेला
रातिमा ३ः०९ बजेदेखि ४ः४९ बजेसम्म अमृत बेला
रातिमा ४ः४९ बजेदेखि ६ः२९ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।