आज गण्डकीसहित तीन प्रदेशमा बर्षा र हिमपातकाे सम्भावना, तराइमा हुस्सु लाग्ने

  • पोखरा न्यूज
  • २०८१ मंसिर १०
आज गण्डकीसहित तीन प्रदेशमा बर्षा र हिमपातकाे सम्भावना, तराइमा हुस्सु लाग्ने

पाेखरा। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाे प्रभावले गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।

आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

साथै गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

साथै गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस