पोखरा । विकासशील र उदीयमान देशमा दिगो आर्थिक विकास र जीवनस्तर सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको स्विस कन्ट्याक्टले पोखराको दिगो पर्यटन विकासका आयोजनामा सहकार्यका लागि तयार रहेको बताएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटमा स्विस कन्ट्याक्टका कन्ट्री डिरेक्टर सञ्जय कार्की नेतृत्वको टोलीले यस्तो प्रतिबद्धता जनाएको हो ।
मेयर आचार्यसँगको भेटमा कन्ट्री डिरेक्टर सञ्जय कार्की, तापेश न्यौपाने, क्रिस्टियन पालमर र सिपी तिम्सिना सहभागी थिए ।
उनीहरूले पर्यटन राजधानी पोखराको दिगो पर्यटन विकासका लागि पर्यटन पूर्वाधार विकास, पर्यटन संस्कृतिको विकास र जीविकोपार्जन सुधारका लागि मानव संशाधनको विकास लगायत विभिन्न क्षेत्रमा पोखरा महानगरसँग सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे ।
सो अवसरमा नगरप्रमुख आचार्यले समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने लक्ष्यका साथ महानगरपालिका अघि बढिरहेको बताए ।
उनले पर्यटनमैत्री विकासका लागि लगानीका सम्भावना कायमै रहेको स्पष्ट पारे ।
उनले स्थानीय रूपमा सहजीकरण गर्न पोखरा महानगरपालिका तयार रहको भन्दै पोखराको पर्यटन विकास, प्रवर्द्धन र संरक्षणका सम्बन्धमा लगानीका ढोका खुला रहेको बताए ।
पोखरामा दिगो पर्यटन विकासका साझेदारसँगको सहकार्यमा विभिन्न परियोजना सञ्चालनको क्रममा छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution