व्यवसाय प्रवर्द्धन केन्द्र र स्वर्णिम स्टार्टअप एण्ड इनोभेसन युनिभर्सिटीबीच सम्झौता

  • पोखरा न्यूज
  • २०८१ मंसिर १०
व्यवसाय प्रवर्द्धन केन्द्र र स्वर्णिम स्टार्टअप एण्ड इनोभेसन युनिभर्सिटीबीच सम्झौता

पोखरा । पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र र स्वर्णिम स्टार्टअप एण्ड इनोभेसन युनिभर्सिटीबीच समझ्दारी भएको छ ।

नवउद्यम प्रवर्द्धन, स्टार्टअप र इन्क्युबेसनका नयाँ अवसरमा सहकार्य गर्ने सम्बन्धमा समझ्दारी भएको हो ।

पोखरा महानगर प्रमुख धनराज आचार्यको उपस्थितिमा भएको समझ्दारीमा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र स्वर्णिम स्टार्टअप एन्ड इनोभेसन युनिभर्सिटीको तर्फबाट प्रबन्धक जितेन ठक्करले हस्ताक्षर गरे ।

समझ्दारी अनुसार संयुक्त रूपमा इन्क्युबेशन कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप इकोसिस्टमलाई बढवा दिने, उद्यमशीलताको विकासका लागि ज्ञान तथा स्रोतको सहकार्य गर्ने, यससम्बन्धी कार्यशाला र गतिविधि सञ्चालन गरिनेछ ।

पोखरा महानगरपालिकाले विगतदेखि नै व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत नवउद्यम तथा व्यवसाय प्रवर्द्धन, सीप विकासलगायतका विभिन्न तालिम तथा क्षमता विकासका कार्यक्रम गरिरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस