पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सकिने बताएका छन् । स्वस्थ तनमनको आधारशिला खेलकुद भएको उनको भनाइ छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरामा सञ्चालित १७औँ हिसान स्पोर्ट्स मिटको उद्घाटन गर्दै भट्टले स्वस्थताका लागि खेलकुद निकै महत्वपूर्ण हुने स्पष्ट पारे ।
‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो, अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ, स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन्, अनिमात्र मुलुक समृद्ध बन्दछ’, प्रदेश प्रमुखले भने ।
खेलकुद र शिक्षा एकअर्काका पूरक भन्दै उनले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदेखि यस प्रकारका गतिविधि गरेकोमा उनले खुसी प्रकट गरे ।
‘विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन्, उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ’, उनले भने ।
खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको भन्दै उनले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेको स्पष्ट पारे ।
पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको भन्दै उनले सशक्त र पूर्वाधार सम्पन्न मुलुकलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताए ।
प्रदेश प्रमुखले खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको उनले बताए ।
उनले बालबालिकाको शिक्षा, स्वास्थ्य एवं खेल भविष्यका लागि सानैबाट पहलकदमी लिई जस्ता संस्थाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताए ।
आफ्ना सदस्य विद्यालय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीबीच आपसी मित्रताको अभिवृद्धि गराउने तथा उनीहरूलाई स्वस्थ खेल प्रतिस्पर्धाको अवसर प्रदान गर्न हिसानको यो खेलकुद कार्यक्रम प्रशंसनीय रहेको उनको भनाइ छ ।
हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्सलगायतका संस्थामा ६५ भन्दा बढी प्लस टू विद्यालय र १५ वटा कलेज आबद्ध छन् ।
सत्रौँ संस्करणको खेलकुद महोत्सवमा कास्कीका ७५ विद्यालय तथा कलेजका पाँच हजार भन्दा बढी विद्यार्थी सहभागी छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution