सत्रौँ हिसानस्पोर्टस् मिट जारी, अरुणा शाही सम्मानित

पोखरा । सत्रौँ हिसान स्पोर्टस मिटअन्तर्गत जारी प्लस टू छात्र बास्केटबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न खेलमा डायनामिक माविले न्यू लाइटलाई २६–१२ ले, भाष्कर माविले शिशु निकेतनलाई ३२–१२ ले, त्रिवेणीले लिटिल स्टेपलाई ४८–३४ ले, प्रतिभा माविले हिलपोइन्टलाई ४७–१३ ले, मनकामनाले फेवा माविलाई ७०–०३ ले र कास्की मोर्डनाइज्डले स्टेप वाई स्टेपलाई ३५–१६ ले पराजित गरेको छ ।

यता छात्रा बास्केटबलतर्फ भने प्लस टु (कक्षा ११–१२)तर्फ क्वार्टर फाइनलका खेल सम्पन्न भएको छात्रा बास्केटबलका संयोजक रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

मंगलबार सम्पन्न खेलमा फिसटेल माविले सगरमाथालाई १८–३ ले, के.एम.एले गुरूकुललाई ३१–८ ले, त्रिवेणीले जेसिएलाई ०८–०३ ले, मदरल्याण्डले न्यू ग्यालेक्सीलाई २१–१४ ले, प्रतिभाले फिसटेललाई ११–०७ ले, कास्की मोर्डनाइज्डले माउन्ट अन्नपूर्णलाई ३३–११ ले र ग्लोबलले त्रिवेणीलाई १४–०५ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेका छन् ।

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा प्लस टू छात्र–छात्रातर्फ १४ खेल सम्पन्न भएका छन् । छात्रतर्फको खेलमा माउन्ट अन्नपूर्ण, न्यू ग्यालेक्सी, सिर्जना, गुरुकुल, प्रतिभा मावि, जुनियर सिटिजन्स एकेडेमी, कास्की मोर्डनाइज्ड, हिल पोइन्ट, सोसल पब्लिक र स्पाइरल ग्यालेक्सीले पहिलो चरणको खेल जितेका छन् ।

यसैगरी छात्रातर्फ सम्पन्न चार खेलमा प्रतिभाले पोखरा युनाइटेडलाई २५–८, २५–१४ ले, त्रिवेणीले मदर ल्याण्डलाई २५–१०, २५–१०, टप्सले बालोदयलाई २५–११, २५–११ ले आ–आफ्नो पहिलो चरणका खेल जितेका छन् ।

यसैगरी १७औँ हिसान स्पोर्टस मिटअन्तर्गत नै प्लस टु छात्र–छात्रा टेबुल टेनिस र ब्याडमिन्टनका प्रतिस्पर्धा समेत् सुरु भएका छन् ।

१७औँ संस्करणको हिसान स्पोर्ट्स मिट यहि मंसिर १४ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिटअन्तर्गत प्लस टू (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडी विभिन्न चार खेलका छुट्टाछुट्टै इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा मावितह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने छ ।

यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल हुनेछन् भने व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल एक सय २४ खेल हुनेछन् ।

विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ आठ र छात्रातर्फ समेत आठ टिमले सहभागिता जनाएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्ट्स मिटमा सहभागिता जनाएका छन् ।

प्रतियोगितामा पाँच हजार भन्दा बढी विद्यार्थीको सहभागिता हुने तथा २५ हजार भन्दा बढी विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

हिसान कास्कीद्वारा सम्मानित राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले हिसान कास्कीप्रति आभार व्यक्त गर्दै युवा खेलाडीले शिक्षासँगै खेलकुदमा लागन आग्रह गरिन् ।

उनले सक्षम खेलाडी उत्पादनका लागि हिसान स्पोर्टस मिट जस्ता कार्यक्रम सहयोगी हुने बताउँदै मेहनतले सफलता प्राप्त गर्न सकिने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button