आजको पञ्चाङ्ग
मिति २०८१ मंसिर १२ गते बुधबार, इस्वीसंवत नभेम्बर २७ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको द्धादशी तिथि रातिमा ५ः१२ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा चित्रा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा आयुष्मान २५ घटि ५२ पलासम्म त्यसपछि सौभाग्य योग रहनेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा काल रहनेछ । सूर्य वृश्चिक राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान २६ घटि १८ पला अर्थात १० घण्टा ३४ मिनेटको रहनेछ ।
आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३५ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा २ः५४ बजे र अस्ताउने समय भोलि दिनमा २ः३४ बजे रहेको छ ।
आजको राशिफल :
मेष : आज दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै रहेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ । नयाँ काममा लगानीको बारेमा विचार विमर्श हुन सकने छ । पेशागत कामकार्यबाट लाभ एवम् सफलता मिल्नेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मजबुत बन्नेछ ।
वृष : आज सत्कार्यबाट मानसम्मान मिल्नेछ । आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । मनमा प्रसन्नता छाउनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोली वचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ ।
मिथुन : आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ । दिनमा ३ः३० बजेपछि अनावश्यक घुमफिर हुनसक्ने, कामकार्यमा अबरोध आउन सक्ने तथा अस्वस्थता बढ्ने र मानसिक तनाव हुनसक्ने छ । कामकुरो नबुझि बहकावमा आएर अनर्थ परिश्रम नगरेकै राम्रो हुनेछ । आज पश्चिमतर्फको यात्रामा ध्यान दिनुहोला ।
कर्कट : आज मनमा प्रशन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्रो होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा आंशिक सफलता मिल्नेछ । सन्तानको पक्षबाट चित्तबुझाउन सकिने स्थिति आउनेछ । अधुरा रहेका कामलाई अगाडि सकिने छ ।
सिंह : आजको दिन सकेसम्म विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । व्यापार व्यवसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालु नै रहनेछ ।
कन्या : आज धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । वचस्व स्थापित हुनेछ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । आज उत्तरभन्दा पश्चिमतर्फको यात्रा महत्वपूर्ण हुनेछ ।
तुला : आज स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुन सक्नेछ । सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुन सक्ने र चलिरहेको कार्यमा अवरोध आउन सक्ने छ, त्यस्तै छरछिमेकी तथा हितैषीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने खालको गोचर रहेको छ ।
वृश्चिक : आज सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर व्यवहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ । स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ ।
धनु : आज व्यापार व्यवसायबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । तर पश्चिमतर्फको यात्रामा ध्यान दिनुहोला ।
मकर : आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भए पनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ । चन्द्रमाको साथ रहेको छ । दिनमा ३ः३० बजेपछि दिन राम्रो रहनेछैन । सो समयमा आर्थिक कारोबार नगर्नुहोला ।
कुम्भ : आज तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशिर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ । राम्रो उद्यम सम्पादन हुने, प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्नेछ । दैनिक कामकार्य तथा पेशाको क्षेत्रबाट राम्रो फाइदा उठाउन सकिने छ ।
मीन : आज स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुन सक्नेछ । सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुन सक्ने र चलिरहेको कार्यमा अवरोध आउन सक्ने छ, त्यस्तै छरछिमेकी तथा हितैषीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने खालको गोचर रहेको छ ।
साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले आज दक्षिण र पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः२८ बजेदेखि ७ः४८ बजेसम्म लाभ बेला
बिहान ७ः४८ बजेदेखि ९ः०८ बजेसम्म अमृत बेला
बिहान ९ः०८ बजेदेखि १०ः२९ बजेसम्म काल बेला
बिहान १०ः२९ बजेदेखि ११ः४९ बजेसम्म शुभ बेला
बिहानमा ११ः४९ बजेदेखि १ः०९ बजेसम्म रोग बेला
दिनमा १ः०९ बजेदेखि २ः२९ बजेसम्म उद्धेग बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म चर बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०९ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०९ बजेदेखि ६ः४९ बजेसम्म अमृत बेला
साँझ ६ः४९ बजेदेखि ८ः२९ बजेसम्म काल बेला
राति ८ः२९ बजेदेखि १०ः०९ बजेसम्म शुभ बेला
राति १०ः०९ बजेदेखि ११ः४९ बजेसम्म रोग बेला
राति ११ः४९ बजेदेखि १ः२९ बजेसम्म उद्धेग बेला
राति १ः२९ बजेदेखि ३ः०९ बजेसम्म चर बेला
रातिमा ३ः०९ बजेदेखि ४ः४९ बजेसम्म लाभ बेला
रातिमा ४ः४९ बजेदेखि ६ः२९ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।