पाेखरामा चिसाे बढ्दै, गण्डकी र कोशीमा बर्षा र हिमापतकाे सम्भावना

  • पोखरा न्यूज
  • २०८१ मंसिर १२
पाेखरामा चिसाे बढ्दै, गण्डकी र कोशीमा बर्षा र हिमापतकाे सम्भावना

पाेखरा। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।

पाेखरामा तापक्रम निरन्तर घट्दो क्रममा छ । आज बिहान पाेखराको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस छ । विभागले आज पाेखराको अधिकतम् तापक्रम २१ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण गरेको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाका साथै गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने जनाएकाे छ ।

विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस