पाेखरा। परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाने भएकी छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चीन जान लागेकी हुन् । आज चीन पुगेर १५ गते स्वदेश फर्किने उनकाे कार्यतालिका छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणको तयारीका लागि मन्त्री राणा चीन जान लागेकाे बताइन्छ । प्रधानमन्त्रीले यही मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दैछन् ।
भ्रमणका क्रममा दुई देशबीचको आपसी हितका विषयमा छलफल हुनेछ । मन्त्री राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution