|फाइल तस्बिर : मनुसमा
पाेखरा । काठमाडौंंस्थित पशुपतिनाथ मन्दिरकाे कैलाश क्षेत्रमा बालाचतुर्दशी पर्वका अवसरमा लाग्ने बालाचतुर्दशी मेलाकाे तयारी पूरा भएकाे छ ।
मेलाका लागि गर्नुपर्ने सबै तयारी पूरा भएकाे पशुपति क्षेत्र विकास काेषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।
मेलाकै लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । उनका अनुसार नाम दर्ता गरेर बत्ती बाल्ने व्यक्तिले दुई हजार एक सय रुपैयाँका दरले शुल्क तिर्नुपर्नेछ।
दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो २ बजेदेखि नै कैलाश डाँडामा प्रवेश गराइने उनले बताए । कोषले बालबच्चा नलिई आउन कोषले भक्तजनलाई आह्वान गरेको छ ।
यसैबीच विगतमा कैलाशलगायतका स्थानमा पसल राखिँदा बाला चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज हुने गरेकाे भन्दै यसवर्ष पसल राख्न निषेध गरेकाे हाे । यसवर्ष भूवनेश्वरीबाट वनकालीतर्फको भागमा मात्र पसल राख्न पाइने छ ।
तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएकाे छ ।
बालाचतुर्दशीमा पशुपति क्षेत्रमा मासु, मदिरालगायतका पदार्थ बिक्री-वितरणमा पनि रोक लगाइएको छ ।
मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ ।
मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।
यता, पाेखराका विभिन्न स्थानमा पनि शतबीज छरिँदै छ । पाेखराकाे भलामस्थित हरिहर गुफा, लामाचाैरस्थित शिवालयका साथै विभिन्न शिवालयमा शतबीज छरिँदै छ ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ । देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गरिँदैछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution