पोखरा । नेपाली कांग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् ।
पार्टी सभापति किशोरदत्त बरालले बिहीबार पार्टीका सहसचिवसमेत रहेका सिग्देललाई प्रवक्तामा मनोनित गरेका हुन् ।
पार्टी प्रवक्तामा यसअघि कार्यसमिति सदस्य युवक लामिछाने थिए ।
सिग्देल कास्कीको १४औँ जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका थिए । १३औँ अधिवेशनबाट सदस्यमा निर्वाचित सिग्देलले अघिल्लो कार्यकाल पनि प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।
विद्यार्थी राजनीति हुँदै पत्रकारितामा पहिचान बनाएका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको पूर्व सभापति र नेपाल प्रेस युनियन कास्कीको निवर्तमान अध्यक्ष हुन् ।
पार्टी विधानको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा मनोनयन गरेको पत्रमा उल्लेख छ ।
सभापति बरालले प्रवक्तामा सिग्देललाई मनोनित गरेसँगै कांग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गरे ।
प्रवक्ता सिग्लेलले देश र जनतालाई शिरमा राखेर निष्ठा, त्याग, आदर्श, सिद्वान्तलाई डगमगाउन नदिने उनको भनाइ छ । उनले पद सानो, ठूलो जे होला तर पार्टीको हितमा काम गर्नका लागि ठूलो अवसर ठानेर काम गर्ने प्रतिबद्धता जनाए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution