आज महालक्ष्मीको प्रिय दिन, काल र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

  • पोखरा न्यूज
  • २०८१ मंसिर १४
आज महालक्ष्मीको प्रिय दिन, काल र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ मंसिर १४ गते शुक्रबार, इस्वीसंवत नभेम्बर २९ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको त्रयोदशी तिथि बिहानमा ९ः१५ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा स्वाति बिहान १०ः४८ बजेसम्म त्यसपछि विशाखा लाग्नेछ । विष्कुम्भादि योगमा शोभन २८ घटि २ पलासम्म त्यसपछि अतिगण्ड योग रहनेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २६ घटि १४ पला अर्थात १० घण्टा ३३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३७ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ४ः४१ बजे र अस्ताउने समय भोलि दिनमा ३ः३६ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज समय अत्यन्त खराव रहनेछ । आज सरकारी काममा समस्या पर्नेछ, छोराछोरीसँग पनि विवाद हुन सक्नेछ, व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्नेछ, आज खासगरी पश्चिम दिशाको यात्रामा सतर्क हुनुपर्नेछ, शत्रु सक्रिय हुने दिनसमेत रहेको छ ।

वृष : आज स्वास्थ्य राम्रो रहनेछैन । आफन्तसँग झगडा पर्न सक्ने, काममा विघ्न बाधा आइलाग्ने, पेट तथा कम्मर दुख्ने समस्याले सताउन सक्ने, चिन्तापर्ने खबर सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, दिन खराब छ सतर्क हुनुहोला ।

मिथुन : आज समय राम्रो रहेको छ । स्वास्थ्य राम्रो रहनेछ, आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ, नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ, यात्रा सोचेअनुरुपकै सफल हुनेछ, शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने योग देखिन्छ । आज टाढाको यात्रा विशेष फलदायी रहनेछ ।

कर्कट : आज स्वास्थ्य भरपर्दो रहनेछ । सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसँग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् ।

सिंह : आज समय शुभ छैन । गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ, यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अवस्था आउन सक्छ, मन अशान्त हुने, पेट रोगले समेत सताउन सक्नेछ, सतर्क भएर अघि बढ्नुहोला ।

कन्या : आज समय अत्यन्त शुभ छैन । चिसोले सताउन सक्छ, खानपिनमा ध्यान पुर्याउनु होला, सोँचेजतिका सबै काम गर्न नसके पनि आंशिक पूरा हुनेछन्, आफ्नै कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ ।

तुला : आज समय अत्यन्तै शुभ छ । एक्कासि आम्दानी बढ्ने काम भेटिने छ, जे पेसामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । जलखेती किन्न मन भए आजै किन्नु होला । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

वृश्चिक : आज समय अत्यन्तै खराब छ । चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न । आफ्नै छोराछोरीले धोका दिन सक्नेछन् । गरेका प्रयास व्यर्थ हुनेछ । पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ ।

धनु : आज स्वास्थ्य सबल रहनेछ । यसअघिका समस्या आज समाधान हुने देखिन्छ । आदर–सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, पछि हट्नु ठीक छैैन, धार्मिक भ्रमणसमेत आज हुन सक्नेछ तर आफन्तसंँग अलि सतर्क हुन आवश्यक देखिन्छ ।

मकर : आज समय तथा स्वास्थ्य अनुकुल छैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला। काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भ : समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आज साापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ, रोकिएका प्रायः जसो काम छिटै सम्पन्न हुनेछ ।

मीन : आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

साइतः सूर्य वृश्चिक राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले आज दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, उत्तर र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३५ बजेदेखि ७ः५४ बजेसम्म चर बेला
बिहान ७ः५४ बजेदेखि ९ः१३ बजेसम्म लाभ बेला
बिहान ९ः१३ बजेदेखि १०ः३२ बजेसम्म अमृत बेला
बिहान १०ः३२ बजेदेखि ११ः५१ बजेसम्म काल बेला
बिहानमा ११ः५१ बजेदेखि १ः११ बजेसम्म शुभ बेला
दिनमा १ः११ बजेदेखि २ः३० बजेसम्म रोग बेला
दिनमा २ः३० बजेदेखि ३ः४९ बजेसम्म उद्धेग बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०८ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०८ बजेदेखि ६ः४९ बजेसम्म लाभ बेला
साँझ ६ः४९ बजेदेखि ८ः३० बजेसम्म अमृत बेला
राति ८ः३० बजेदेखि १०ः११ बजेसम्म काल बेला
राति १०ः११ बजेदेखि ११ः५२ बजेसम्म शुभ बेला
राति ११ः५२ बजेदेखि १ः३३ बजेसम्म रोग बेला
राति १ः३३ बजेदेखि ३ः१४ बजेसम्म उद्धेग बेला
रातिमा ३ः१४ बजेदेखि ४ः५५ बजेसम्म चर बेला
रातिमा ४ः५५ बजेदेखि ६ः३६ बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस