आज गण्डकी प्रदेशकाे उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ मंसिर १४
आज गण्डकी प्रदेशकाे उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

|फाइल तस्बिर

पाेखरा। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा गण्डकी, कोशी र बागमती  प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

आज राति गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

गण्डकी प्रदेशकाे उच्च पहाडी तथा हिमाली भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस