कास्की जिल्ला विद्यालय खेलकुद संघमा केसी, सचिवमा डा. पाैडेल

  • पोखरा न्यूज
  • २०८१ मंसिर १५
कास्की जिल्ला विद्यालय खेलकुद संघमा केसी, सचिवमा डा. पाैडेल

पोखरा । कास्की जिल्ला विद्यालय खेलकुद संघ गठन भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको पहलमा पोखरामा भएको भेलाले संघ गठन गरेको हो ।

संघको अध्यक्षमा कृष्ण केसी चयन भएका छन् ।

संघको उपाध्यक्षमा शिवप्रसाद भण्डारी, सचिवमा डा.टेक नारायण पौडेल र कोषाध्यक्षमा शर्मिला पौडेल पोख्रेल छन् ।

कार्यसमिति सदस्यमा हेमन्त अधिकारी, राजेश गुरुङ, आनन्दराज अधिकारी, कृष्णप्रसाद सापकोटा, विग्नेश थापा, मनबहादुर कुँवर, मनकाजी गुरुङ र चिनु रानाभाट छन् ।

गण्डकी प्रदेशमा नै पहिलो पटक कास्कीमा संघ गठन गरिएको हो । अब प्रदेशका सबै जिल्लामा संघ गठन गरिने बताइएको छ ।

संघ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिद्वारा मान्यता प्राप्त संस्था हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस