पाेखरा। एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ । नेपाल पहिलो खेलमा पराजित भएको हो । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भयो ।
यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा २३४ रनको चुनौती पछ्याएको नेपाल ४६.२ ओभरमा हुँदै १७८ रनमा समेटियो । मयान यादवले सर्वाधिक ६२ रन बनाएको इनिङ्समा अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् ।
यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै श्रीलंकालाई २३३ रनमा रोकेको थियो ।
श्रीलंकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाायो । शरुजन शानमुगानथनले ६२ तथा लग्भिन अभिसिंघेले ५० रन बनाएको इनिङ्समा सन्तोष यादवले ४ तथा युवराज खत्रीले २ विकेट लिए । दुई श्रीलंकाली खेलाडी रनआउट भए ।
नेपाल रहेको समूह बीमा सबै टेष्ट खेल्ने राष्ट्रहरु श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । आजै भएको अर्को खेलमा बंगलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गर्यो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution