पोखरा । पोखरामा शुक्रबार साँझ ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा पूर्वीरूकुम घर भई हाल पोखरा महानगरपालिका वडा नं २५ याम्दी बस्ने ५५ वर्षीया धनकुमारी बुढा छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग२ख १४६० नं. को आइचर ट्रकले याम्दीमा जेव्रा क्रसबाट बाटो काट्दै गरेकी बुढालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।
उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक पाँचथरका ४५ वर्षीय पृथीप्रसाद तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution