पाेखरा। नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ दरअनुसार निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर १५ अमेरिकी डलर बढाएको छ ।
पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
साथै एलपीजी ग्यास प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आए पनि उपभोक्ताको हितका लागि भन्दै पुरानै दर राखिएको छ ।
त्यस्तै मट्टितेलको भाउ पनि १ रुपैयाँ ७४ पैसा बढेर आए पनि साविककै बनाइएको छ । डिजेलमा प्रतिलिटर १८ पैसा घटेर आए पनि निगमले यथास्थितिमा राखेको छ ।
नयाँ दर शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution