पाेखरा । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनकाे मूल्य चार सय र चाँदीकाे पाँच रुपैयाँ घटेकाे हाे । मूल्य घटेसँगै छापावाला सुन तोलामा एक लाख ५० हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार तोलामा एक लाख ५० हजार नाै सय रुपैयाँमा काराेबार भएकाे थियाे । यस्तै आज चाँदीको मूल्य तोलामा एक हजार आठ सय ४० रुपैयाँ कायम भइरहेको छ ।