पाेखरा । दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष पदमा आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन् ।
वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।
उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेद्वार लालसिंह कुँवरले २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पाण्डेले बताए । निर्वाचनमा १५ मत बदर भएको थियो ।
उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ (६९दशमलव९४ प्रतिशत) मत खसेको थियो ।
दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २ सय २३ पुरुषले मतदान गरेका थिए भने (ख) केन्द्रमा २ सय ६२ महिला र १ सय ७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ ।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution