कुशे-७ को वडाध्यक्षमा कांग्रेसका खम्बबहादुर सिंह विजयी

पाेखरा। जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार खम्बबहादुर सिंह विजयी भएका छन्।

शाही ३ सय ४७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोरखबहादुर सिंहले ३ सय ३२ मत मात्र ल्याउन सके।

Hot Air Balloon Booking
Paragliding Pokhara

एमालेका डम्बरबहादुर घर्तीले २ सय ६२ र राप्रपाका लालबहादुर खत्रीले ८ मत ल्याए । १८ मत बदर भएको थियो ।

पहिले यो वडा माओवादी केन्द्रले जितेको थियो । वडाध्यक्ष मुनबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button