पोखरा । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् । उनी ५ सय ९० मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका जसिराम बस्नेतले ५ सय ३७ मत ल्याए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ एक हजार १ सय ४६ मत खसेको थियो ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका अलबहादुर खत्रीको निधन भएपछि उनका भाइ मोतीरामले चुनाव लडेका थिए ।
यसपालि कांग्रेसलाई एमाले र डा बाबुराम भट्टराईको पार्टीको समर्थन रहेकामा माओवादीलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution