ओखलढुङ्गाको मोलुङ-५ मा एमालेका तामाङ विजयी

  • पोखरा न्यूज
  • २०८१ मंसिर १६
ओखलढुङ्गाको मोलुङ-५ मा एमालेका तामाङ विजयी

पाेखरा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ को वडाध्यक्ष पदमा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत ल्याएर विजयी भएका छन् ।

उपनिर्वाचनमा  तामाङका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले एक सय ७७ मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले एक सय ५१, नेकपा माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले तीन र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले तीन मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त निर्वाचनमा १२ मत बदर भएको थियो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा मोलुङ-५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि उपनिर्वाचन भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस