पोखरा । पोखरा महानगरपालिका वडा नं १५ ढुङ्गेसाँघु पट्नेरीस्थित अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम आजदेखि शुरु हुँदैछ ।
यही मंसिर २७ गतेसम्म सञ्चालन हुने कोटीहोमको सम्पूर्ण तयारी पूरा भएकाे छ ।
कोटीहोम उद्घाटन अघि बिहान १० बजे पोखरा महानगरपालिका वडा नं १५ कार्यालय अगाडिबाट कलश यात्रा शुरु हुनेछ ।
धामका अध्यक्ष मदन गिरीका अनुसार कलश यात्रा राधेराधे मन्दिर, रामबजार, घलेचोक, टुटुङगा, नयाँगाउँ, बनक्याम्पस, किन्तपुरचोक, ढुङ्गेसाँघु चोक हुँदै पट्नेरी धाममा पुग्नेछ । दिउँसो १ बजे प्रदेश प्रमुख डिल्लीराम भट्टले कोटीहोमको उद्घाटन गर्नेछन् ।
शुक्लागण्डकी (सेती नदी) को तटमा हुने कोटीहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । साथै मन्दिरमा रंगरोगन र ध्वजापताकाले सजाइएको छ ।
अध्यक्ष गिरीका अनुसार कोटीहोमका प्रमुख वाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल अघिल्लाे शनिबार नै पोखरा आएका छन् । अमेरिकामा बस्दै आएका प्रमुख वाचक ढकाल गत शनिबार पोखरा आएका हुन् ।
प्रमुख वाचक ढकालले हरिहर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न संकल्पित भएर लाग्न आग्रह गरेका छन् ।
हरिहर क्षेत्रलाई सांस्कृतिक पहिचान, धार्मिक एवं पुरातात्विक सम्पदाको जगेर्ना र संरक्षण गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने ढकालले दाबी गरे ।
धाममा १०८ शिवलिङ्ग, १०८ गौमुखी धारा, स्नानका सेती नदीसम्म पुग्न १०८ सिँढी, ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने उद्देश्यले कोटीहोम आयोजना गरिएको समिति उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । कोटीहोममा कथा वाचनका लागि १५ जना भन्दा बढी धर्मगुरु सहभागी हुने बताइन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution